काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार इटहरीमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट पाँच सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता थियो ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस्तो कार्यक्रमले अभिकर्ताहरूको सिकाइमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले अभिकर्ताको व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
प्रमुख कार्यकारी पराजुलीले इन्स्योरेन्सले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ आकर्षक र प्रतिस्पर्धी योजना भएकाले यसबाट अधिककतम लाभ उठाउन आग्रह गरे । कार्यक्रममा भारतको मुम्बइबाट आएका जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा बीमा अभिकर्ता विजय कुमार झाले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया