काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटलले युवाकेन्द्रित वित्तीय सचेतामूलक कार्यक्रम र काठमाडौं बहिरा संघका सदस्यहरूलाई सेयरबजारसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
काठमाडौंको मैतिदेवीस्थित युनिभर्सल कलेजमा बीबीए अध्ययनरत विद्यार्थीहरूलाई गत शुक्रबार सेयर बजारसम्बन्धी आधारभूत प्रशिक्षण दिएको थियो । कार्यक्रममा कलेजका ५० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत पक्ष र बजारमा लगानी गर्दा हुने फाइदाबारे प्रशिक्षण दिएका थिए ।
यस्तै क्यापिटलले गत शनिबार काठमाडौं बहिरा संघका सदस्यहरूलाई सेयरबजारसम्बन्धी तालिम दिएको छ । काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरिएको क्यापिटलले जनाएको छ ।
हात्तिसारस्थित नेपाल हाउसमा भएको कार्यक्रममा ५० भन्दा बढीको सहभागिता थियो । क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा श्रीया कुटुले प्रशिक्षण दिएका थिए । सांकेतिक भाषामा दोभाषेहरू रेनु शाह तथा सुनिता श्रेष्ठले प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमले सहभागीहरूलाई पुँजीबजारमा प्रवेश गरी कारोबार गर्न, मेरो सेयर एप प्रयोग गर्न र सेयर बजारसम्बन्धी सूचनाको स्रोत थाहा पाउने विषयमा जानकारी गराइएको क्यापिटलले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले तालिमले सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गर्न सघाउने बताए । आगामी दिनमा अझै विस्तृत रूपमा तालिम प्राप्त गर्न सके आफूहरू पनि नेपालको सेयर बजारामा अभ्यस्त भई नाफा कमाउन सक्ने विश्वास बढेको सहभागीहरूले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया