मर्चेन्टको केवाईसी राख्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सरलीकृत ग्राहक पहिचान (केवाइसी)को प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९मा संशोधन गरी वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा सरलीकृत पहिचानको प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकको भुक्तानी विभागले परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्थाबाहेकका संस्थालाई जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था परिमार्जन गरी नयाँ निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ, ‘अनुमतिपत्रप्राप्त संस्थाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ च तथा सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ को नियम ९ बमोजिम वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्न सक्नेछन ।’ यसरी सरलीकृत ग्राहक पहिचान तथा सोको सम्पुष्टि गर्दा बैंकले तोकेको विभिन्न मापदण्ड र प्रक्रिया भने अपनाउनुपर्नेछ ।
राष्ट्र बैंकले सरलीकृत पद्धतिबाट मर्चेन्ट आबद्ध गर्न छुट्टै फारम तयार गर्नुपर्ने, व्यवसायको दर्ता वा मर्चेन्टको व्यवसायको अस्तित्व तथा गतिविधिको पुष्टि हुने कागजात, सबै प्रोप्राइटरको पहिचान तथा सम्पुष्टि गर्ने कागजात लिनुपर्ने, व्यवसायको कारोबारमा परिवारबाहेक अन्य कुनै व्यक्ति वास्तविक धनी रहेको शंका लागेमा सोको समेत पहिचान गर्नुपर्ने, मर्चेन्टको छुट्टै सूची तयार गरी अद्यावधिक गर्नुपर्ने मापदण्ड राखेको छ ।
यस्तै ग्राहक पहिचान विवरणअनुरुप कारोबार मेल नखाएको अवस्था, ग्राहक पहिचान विवरणमा उल्लिखित सूचना, जानकारी तथा तथ्याङ्क सत्यता वा पर्याप्तताबारे संस्थालाई शंका लागेमा, जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएमा र संस्थाले प्राप्त गरेका अन्य सूचनाको आधारमा अद्यावधिक गर्न आवश्यक देखिएमा सरलीकृत ग्राहक पहिचान अद्यावधिक गर्नुपर्ने मापदण्ड बनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया