काठमाडौं । सानिमा बैंकले देशभरका शाखा कार्यालयमार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनि विक २०२३’ अभियानअन्तर्गत चैत ६ गतेदेखि १२ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
सो अवसरमा बैंकले आफ्ना कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिम समेत दिएकोे थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी गराइएको थियो । वित्तीय साक्षरताअन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको बैंकले जनाएको छ ।
साथै, ‘ग्लोबल मनि विक २०२३’ अभियानअन्तर्गत ‘प्लान योर मनि, प्लान्ट योर फ्युचर’सम्बन्धी विषयवस्तुमा केन्द्रित भई युवा वर्गमा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकले विगतदेखि नै सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखामार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बैैंकले सातै प्रदेशमा एक सय ३० कार्यालयहरू र एक सय २३ एटीएम सञ्जाल रहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया