‘बैंकहरूले ब्याजदरमा २० प्रतिशत बढी नाफा खाए’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन् । उद्योगी व्यवसायीमाथि दशकौं पुरानो कालोबजारीसम्बन्धी ऐन कानुन लगाएर २० प्रतिशतभन्दा धेरै नाफा लिन नदिएको सरकारले बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा ६० प्रतिशत प्रिमियम लिँदा बेवास्ता गरिरहेको आरोप लगाए ।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक’ कार्यक्रममा उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियम ब्याजदर ज्यादै धेरै भएकाले तत्काल घटाउन माग गरे । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी समेत रहेका श्रेष्ठले सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभाव भएको र उद्योग व्यवसाय नै धरासायी हुँदा पुँजी निर्माण गर्न कठिन भएको बताए ।
अहिले अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न सरकारले तत्काल ध्यान दिनुपर्नेमा उनले जोड दिए । यस्तै उनले निजी क्षेत्रले अर्थतन्त्रमा उच्च योगदान दिएको र भूमिका बढिरहेको बेलामा यस क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा उनले आफूले लुम्बिनी प्रदेशमा लगानी विस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमा लगानी गरेको र अटोमोबाइल एसेम्बली उद्योग स्थापना गर्ने योजनामा रहेको जानकारी दिए । यस्तै उनले महासंघमा आफूले लामो समयदेखि योगदान दिएको भन्दै अब नेतृत्व गर्ने पालो आएको बताए । ‘म युवा छु तर संस्थागत संलग्नता लामो समय भएको छ । यसले मलाई परिपक्व बनाएको छ र सोही अनुभवको आधारमा आफूले नेतृत्वमा दाबी गरेको हुँ’, श्रेष्ठले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान उच्च रहेको भन्दै यसलाई कसरी गतिशील बनाउने भन्नेमा राज्य लाग्नुपर्ने बताए । ‘पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७५ प्रतिशत भए पनि सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन नसकेको बताए । ‘देशको पुँजी निर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भनेर सरकारले हेर्नुपर्दछ’, उनले भने ।
सरकारले अर्थतन्त्रलाई सुदृढ गर्न आफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारण खर्चमा मात्र केन्द्रित नहुन सुझाव दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
- नेकपा एमालेको सचिवालय बैठक सुरु
- सुनकोशी नदीमा जीप खस्दा तीन जना बेपत्ता
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया