ग्लोबल आईएमई बैंकले मनायो ‘ग्लोबल मनी विक’
काठमाडौं । ग्लोबल आईएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल मनी विक २०२३’ मनाएको छ । बैंकले चैत ६ गतेदेखि १२ गतेसम्म ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ नारासहित विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापीरूपमा कार्यक्रम सञ्चालन गरेको हो । बैंकले विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरूमार्फत युवा तथा विद्यार्थीमाझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । बैंकले यस किसिमको कार्यक्रमबाट हजारौँ युवा तथा विद्यार्थीहरू लाभान्वित भएको विश्वास गरेको छ ।
अभियानमा बैंकले स्कुल तथा क्याम्पसमा केन्द्रित भएर बैंकिङ सेवा तथा वित्तीय बजारसम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरेको हो । यसका साथै विभिन्न ठाउँमा विद्यार्थीहरूलाई बैंकका शाखा कार्यालयहरूको अवलोकन एवं साक्षात्कार गराइएको बैंकले जनाएको छ । बैंकले सामाजिक सञ्जालबाट समेत चेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रसारण गरेको थियो । ‘ग्लोबल मनी विक’ सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका एक सय ७० भन्दा बढी मुलकमा किशोर/किशोरी तथा युवा/युवतीमा लक्षित गरेर वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ मनाइने अभियान हो ।
बैंकले ७७ वटै जिल्लामा तीन सय ६४ शाखा कार्यालय, तीन सय ६३ एटीएम, तीन सय २१ शाखारहित बैंकिङ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया