ज्योति विकासको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक–२०२३ अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्बन शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । बैंकले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम विभिन्न स्कुल तथा कलेज, विभिन्न संघसंस्थालगायत समुदायमा केन्द्रित थियो । आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी, उद्यमशीलता विकासलगायतका विषयमा कार्यक्रम केन्द्रित रहेको बैंकले जनाएको छ ।
साथै, बैंकले सामाजिक सञ्जाल र वेबसाइटमार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरूबाट आएका कुनै पनि लिंकहरू नखोल्न, ओटीपी पासवर्ड, पिन, सीभीभीलगायतका विवरण कसैसँग पनि सेयर नगर्न र डिजिटल ठगीबाट सचेत रहन विभिन्न सूचनाहरू प्रवाह गरेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रम विगतदेखि नै निरन्तर सञ्चालन गर्दै आइरहेको छ । बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएममार्फत वित्तीय सेवा उपलव्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया