Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल गण्डकी प्रदेश बेनी शाखाले शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले १६औँ वार्षिकोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा एक सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सो अवसरमा बैंकले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।

बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा. रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच गरेको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य शाखाहरूमार्फत पनि यस्तै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ । हाल बैंकले देशभर एक सय ८२ वटा शाखा, एक सय ३४ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट