Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको बैंकिङ सेवा सुर्खेतमा

सिटिजन्स बैंकको बैंकिङ सेवा सुर्खेतमा


काठमाडौं, चैत १२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यही चैत नौ गतेदेखि हाल रहेको सुर्खेत शाखा कार्यालयभन्दा करिब पाँच सय मिटर दक्षिण—पश्चिममा रहेको जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ । उक्त भवनबाटै कर्णाली प्रदेशअन्तर्गत बैंकका सातवटा शाखाहरू (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका साथ साथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्नेउद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ । पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो

आफ्नै सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । सुर्खेतलाई केन्द्रबिन्दु बनाएर क्रियाशील रहेका गैरसरकारी संस्थाहरूको आर्थिक कारोबारलाई सहजीकरण गर्न शाखाले विभिन्न योजनाहरू सञ्चालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरू आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ । आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु-याँउने हेतुले विभिन्न नयाँ योजनाहरू प्रभावकारी ढंगले सञ्चालन गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ९४ वटा शाखा, ९४ वटा एटीएम र एक सय तीन वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै नोट तथा अत्यधिक भीडभाडबाट कोरोना भाइरस कोसंक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६८ करोड ७७ लाख एक हजार पाँच सय ८६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७७ करोड तीन लाख ४६ हजार रुपैयाँ रहेको थियो । चुुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९६ हजार सात सय १६ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७५ अर्ब १६ करोड ५७ लाख ७७ हजार ८० रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब नौ करोड ८१ लाख २५ हजार तीन सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४४ करोड ८९ लाख ६५ हजार दुई सय ८७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने ६२ करोड १० लाख ५९ हजार तीन सय ९७ रुपैयाँ रहको छ । यसैगरी बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९९ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया