Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथामका लागि सहयोग व्यवस्था

कृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथामका लागि सहयोग व्यवस्था


काठमाडौं, चैत १२
कृषि विकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले बेलहिया नाकामा सावुुनपानीले हात धुुने व्यवस्था गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रमअन्तर्गत रुपन्देही जिल्ला, भैरहवास्थित नेपाल–भारत सीमा–नाका बेलहीयामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रीहरूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि एक हजार लिटरको पानी ट्यांकी, दुईवटा धारासहितको वेशिनजडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको हो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाइ कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राइटर श्री नफिस अहमदले एक टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामग्रीहरू रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा इलाका प्रहरी कार्यालय बेलहीयाका इन्चार्ज (इन्स्पेक्टर) ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुुन् । सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रहरी उपरीक्षक हेमकुमार थापा, सशत्र प्रहरी उपरीक्षक तेज पोख्रेल, साथै उक्त क्षेत्रका सामाजिक अभियान्ता रमेश थापा, विभिन्न सञ्चार माध्यमबाट उपस्थित सञ्चारकर्मीहरूलगायत विभिन्न समाजसेवी, स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी पन्त र कृषि विकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक थापाले संयुक्तरुपमा सावुनपानीले हात धोएर सुरु गरेका थिए । यस्तो संवेदनशील अवस्थामा सीमा नाकामा उक्त किसिमको व्यवस्था नभएकोमा बैंकले यस खालको सहयोग गरेकोमा बेलहीया प्रहरी कार्यालयका इन्चार्ज (इन्स्पेक्टर) ईश्वरी अधिकारीलगायत विभिन्न महानुभावहरूले बैंकको उक्त कार्यको प्रशंसा गरेका थिए । । साथै उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता बैंकका निर्देशकले व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया