काठमाडौं । महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा महिला लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको समीक्षा तथा अभिमुखीकरण तथा शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शाखा व्यवस्थापन तालिममा महिला अधिकार तथा विकास केन्द्रकी अध्यक्ष तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा सीईओ न्यौपानेले पछिल्लो समय लघुवित्तमाथि प्रहार हुनुका साथै संस्थाका जिम्मेवार व्यक्तिहरूको व्यक्तिगत आचरणलाई लिएर बदनियत गर्ने तत्वहरूको हालीमुहाली बढेको बताए । उनले विपन्न वर्गका महिलाहरूको जीविकोपार्जन गर्न दूरदराजमा गएर कार्यक्रम विस्तार गर्नु आफैँमा गौरवको विषय भएको बताए । साहुमहाजनको कर्जा तिर्न नसकेर, कमलरी–हलिया बस्नुपरेको अवस्थामा लघुवित्तहरूले जीविकोपार्जन गर्दै उघमी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले कर्मचारीहरूलाई अराजक गतिविधिको बेवास्ता गर्दै अनुशासित भएर ग्राहकलाई वित्तीय सेवा दिने जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
महिला अधिकार तथा विकास केन्द्रकी अध्यक्ष थापाले महिला लघुवित्तमा आबद्ध कर्मचारीहरूलाई वित्तीय अनुशासनमा ध्यान दिन आग्रह गरिन् । थापाले लघुवित्तबाट लिइसकेको कर्जा सदस्यले तिर्दिनँ भन्न नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै आफूहरूले महिलालाई स्वरोजगार बनाउन विभिन्न समयमा तालिम प्रदान गर्दै आएको बताइन् । तालिममा विभिन्न ३५ शाखाका प्रमुखसहित ४५ जना कर्मचारीको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया