Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखल्ती र पीसीएसबीच समझदारी

खल्ती र पीसीएसबीच समझदारी


काठमाडौं । डिजिटल वालेट कम्पनी खल्ती र प्रेफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच विभिन्न मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी लगानी योजनामा खल्ती वालेटमार्फत लगानी गर्न मिल्ने सेवा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सम्झौतापत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा बीएफआई विभाग प्रमुख प्रविन घिमिरे र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसेन अन्सारी तथा वरिष्ठ व्यवसाय विकास अधिकृत किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार खल्ती एपबाट विभिन्न मर्चेन्ट एन्ड बैंकिङले सञ्चालन गरेका खुलामुखी योजनामा लगानी गर्न पीसीएसले खल्तीलाई एपीआई उपलब्ध गराउने छ । यससँगै खल्तीका ग्राहकले मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी योजना र एसआईपीमा सहजै लगानी गर्न सक्नेछन् । यस सुविधाले देशबाहिर रहेका नेपालीहरूले पनि खुलामुखी योजनामा खल्ती एप प्रयोग गरी लगानीमा सहभागी हुनसक्ने कम्पनीले जनाएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट