डिजिटल बैैैंकिङ सिटिजन्स बैंंकको प्राथमिकतामा
काठमाडौं । सिटिजन्स बैंकले एक वर्षअघि काठमाडौंको दरबारमार्ग शाखाबाट सुरु गरेको किओस्क सेवा अब उपत्यकाबाहिरका प्रदेशमा पनि विस्तार गरेको छ । शुक्रबार एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले सेवाको शुभारम्भ गरेका छन् ।
बैंकले काठमाडौंको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगञ्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखा गरी पाँच शाखामा एकसाथ किओस्क सेवा विस्तार गरेको हो । यसका साथै बैंकले कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा रहेका शाखा कार्यालयमा एटीएम सेवा समेत विस्तार गरेको छ ।
किओस्कमार्फत बैंकका ग्राहकले आफ्नो खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्नेजस्ता सेवा बैंकका कर्मचारीविना नै प्राप्त गर्न सक्नेछन् । बैंकले नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकको समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ किओस्क सेवाको विस्तार गरिएको जनाएको छ ।
बैंकले सोही समारोहमा नयाँ वर्ष २०८० को क्यालेन्डर समेत सार्वजनिक गरिएको जनाएको छ । बैंकले देशभर एक ८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, एक सय ३८ वटा एटीएम, छ कियोस्क सेवा, ९७ शाखारहित बैंकिङ इकाइहरूमार्फत १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया