फोन–पे र सुलभ–पेबीच भुक्तानी सहकार्य
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन–पे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ–पे (एनक्यास) वालेटबीच सहकार्य सुरु भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोन–पे र सुलभ–पेबीच भुक्तानीपत्रमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा फोन–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभ–पे (एनक्यास)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) समल बुढाथोकीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सुलभ–पे पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरु गर्ने पहिलो वालेट बनेको छ ।
सम्झौता कार्यक्रममा बोल्दै फोन–पेका सीईओ सापकोटाले सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै सुलभ–पेका सीईओ बुढाथोकीले फोन–पे क्युआरलगायत एनक्यासद्वारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालको भुक्तानी सेवालाई थप सुरक्षित बनाउने बताए । यो सहकार्यबाट नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ । फोन–पेमा हाल ११ लाखभन्दा धेरै क्युआर मर्चेन्ट रहेका छन् । ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेका छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोन–पेले सेवा पु-याउँदै आएको छ ।
नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोन–पे गरौँ’ भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोन–पेमा छोटो समयमै आकर्षण बढेको छ । फोन–पे नेटवर्कमार्फत हाल दैनिक करिब पाँच अर्ब रुपैयाँको कारोबार हुँदै आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोन–पे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया