Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्रिप्टोकरेन्सीले नेपालमा ‘निम्त्याउन सक्ने १० जोखिम’

क्रिप्टोकरेन्सीले नेपालमा ‘निम्त्याउन सक्ने १० जोखिम’


काठमाडौं,नेपाल राष्ट्र ब्याङ्कले पुन: एक पटक क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको र कसैले नेपालमा त्यसको कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको छ।

राष्ट्र ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण गरिएको एउटा प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो सूचना पनि निकालेको हो।

नेपालको केन्द्रीय ब्याङ्कले यस्तो चेतावनी दिँदै सूचना निकालेको यो पाँचौ पटक हो।

क्रिप्टोकरेन्सीसम्बन्धी प्रतिवेदनमा राष्ट्र ब्याङ्कले त्यसका विभिन्न जोखिम औँल्याउँदै कारोबारमा प्रतिबन्ध लगाउनु उपयुक्त भएको उल्लेख गरेको छ।
पाँचौ पटकको सूचनामा के छ?
राष्ट्र ब्याङ्कले सोमवार निकालेको सूचनामा नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको उल्लेख छ।

प्रतिवेदन

सूचनामा जनाइएअनुसार भर्चूअल करेन्सी, क्रिप्टोकरेन्सी, नन-फन्जिबल टोकन अर्थात् एनएफटी, डिजिटल एसेट, डिसेन्ट्रलाइज्ड फाइनान्स अर्थात् डेफीजस्ता कुनै पनि कुराले नेपालमा कानुनी मान्यता पाएका छैनन्।

त्यस्ता कुराको कारोबारका लागि नेपाल कानुनी ग्राह्य नभएको तथा नेपाल सरकारको जमानत प्राप्त नगरेको पनि त्यसमा उल्लेख छ।

“यस ब्याङ्कले निष्कासन समेत नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको र यस्तो कारोबारबाट विदेशमा लगानी हुने देखिएकोले भर्चूअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबलकोइन्स समेत), नन-फन्जिबल टोकन (एनएफटी), डिजिटल एसेट, डिसेन्ट्रलाइज्ड फाइनान्स (डेफी) को कारोबार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम गैरकानुनी रहेको छ।”

त्यस्ता मुद्राहरू पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपरफन्डमा तथा सम्पत्ति शुद्धीकरण एवम् आतङ्ककारी क्रियाकलापमा लगानी हुन सक्ने राष्ट्र ब्याङ्कको आशङ्का छ।

त्यस्तै ठगी, करछली, असुरक्षित लगानी, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिम अन्तर्निहित हुने राष्ट्र ब्याङ्कले भन्दै सर्वसाधारणको ध्याकृष्ट गराएको छ।

सूचनामा “नेपालभित्र बसोबास गर्ने नेपाली नागरिक/फर्म/कम्पनी/संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले” त्यस्तो मुद्राको कारोबार गर्न नपाउने उल्लेख गरिएको छ।

यसअघि राष्ट्र ब्याङ्कले २०७४ साउन २९ गते पहिलो पटक क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी भएको भन्दै सूचना निकालेको थियो।

त्यसपछि २०७८ भदौ २४ गते, त्यसै वर्षको माघ ९ गते र गत साउन ३० गते पनि त्यस्तै विवरणसहित सूचना प्रकाशित गरेको थियो।

गत पुस अन्तिम साता नेपाल दूरसञ्चार प्राधिकरणले पनि क्रिप्टोकरेन्सीलगायतका गैरकानुनी कारोबार हुने वेबसाइट, एप र अनलाइन सञ्जालमा पहुँच रोक्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो। प्राधिकरणले नेपाल राष्ट्र ब्याङ्कको आग्रहमा उक्त निर्देशन दिएको जनाएको थियो।

फाइल तस्बिर

क्रिप्टोकरेन्सीमा राष्ट्र ब्याङ्कले देखेका जोखिम
यसैबीच नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय विभागले क्रिप्टोकरेन्सीसम्बन्धी जोखिमको विश्लेषण गर्दै एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

राष्ट्र ब्याङ्कका अनुसार विश्वका विभिन्न देशहरूमा भइरहेको क्रिप्टोकरेन्सी कारोबार तथा नियमनसम्बन्धी व्यवस्थाहरूको विष्लेषण गरेर उक्त अध्ययन प्रतिवेदन तयार पारिएको हो।

प्रतिवेदन अनुसार “क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई त्यसमा संलग्न व्यक्तिलाई समेत विभिन्नखाले जोखिम” हुनसक्छ।

उक्त प्रतिवेदनले औँल्याएका मुख्य जोखिम यस्ता छन् –

१. समग्र आर्थिक सन्तुलन कायम नहुने
प्रचलित आर्थिक, मौद्रिक तथा वित्तीय व्यवस्थामा सरकार, केन्द्रीय ब्याङ्क, ब्याङ्क तथा वित्तीय संस्था, बचतकर्ता, ऋणी, सर्वसाधारणलगायत विभिन्न सरोकारवाला पक्ष हुने र सबै पक्षको हित सुनिश्चित हुनेगरी नीतिनियमहरू बनाइएको हुन्छ।

तर क्रिप्टोकरेन्सीको कारोबारमा अन्य पक्षहरूलाई समावेश गराइएको हुँदैन।

त्यसले गर्दा प्रयोगकर्ता, लगानीकर्ताको स्वामित्व समेत सट्टेबाजी प्रकृतिको भएकाले लगानीलाई अति जोखिममा पार्ने प्रतिवेदनले उल्लेख गरेको छ।

वित्तीय मध्यस्थकर्ताको अभावमा क्रिप्टोकरेन्सीको कारोबार जोखिमयुक्त हुने प्रतिवेदनमा उल्लेख छ। (बीबीसी)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया