Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाएमसीसी र यूएसएडमार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक

एमसीसी र यूएसएडमार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक


काठमाडौं,नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध भइरहेको बेला अमेरिका भने सोही परियोजनामार्फत नेपालमा अनुदान रकम थप गर्न इच्छुक देखिएको छ ।पछिल्लो समयमा अमेरिका एमसीसीको माध्यमबाट नेपालमा ‘अन्य’ गतिविधि बढाउन लागेको भनेर आशंका गरिएको बेला अमेरिकाले नेपालको आर्थिक अवस्थालाई सुधार गर्न भन्दै रकम थप गर्न इच्छुक देखिएको मात्र होइन नयाँ योजनामा लगानी गर्न पनि तयार रहेको जनाएको छ ।

यद्यपि नयाँ लगानीको क्षेत्रबारे भने अमेरिकाले केही बताएको छैन । नेपालले नै क्षेत्र तोकेपछि अमेरिकाले सहयोग गर्नेछ ।नेपालमा अनावश्यक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन दिनुहुँदैन भनेर आवाज उठिरहेको बेला यहाँको अर्थतन्त्र थप कमजोर बन्दै चालू खर्च धान्न पनि ऋण लिनुपर्ने अवस्था सिर्जना हुँदै गएपछि सरकार वैदेशिक सहयोग लिन आतुर देखिन्छ । यही आर्थिक कमजोरीको फाइदा लिँदै अमेरिकाले नेपालमा नयाँ परियोजनामा पनि लगानी गर्न तयार रहेको जनाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बुधबार भेट गरी नेपाललाई थप आर्थिक सहयोग दिन तत्पर रहेको जानकारी दिएका हुन् ।मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटमा राजदूत थम्प्सनले मन्त्री महतलाई जानकारी गराएको बताइएको छ ।

उनीहरुबीच अर्थ मन्त्रालयमा भेट भएको थियो । भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । सोही क्रममा राजदूतले थप परियोजनामा अमेरिका लगानी गर्न तयार रहेको बताएका थिए ।

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थम्प्सनबीच छलफल भएको मन्त्री डा. महतले बताएको राससले पनि जनाएको छ । ‘नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ’, मन्त्री महतले भने भन्दै राससले जनाएको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया