आईएमई–पेबाट रिफन्डेबल एयरलाइन्स टिकट काट्न मिल्ने
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’का ग्राहकले अबदेखि विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्नसक्ने भएका छन् । आईएमई–पेले आफ्नो रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकट अब ग्राहकहरूले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्नसक्ने जनाएकोे छ ।
ग्राहकहरूले आईएमई–पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य फिर्ता पाउन सक्नेछन् । आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । कम्पनीले बैंकिङ सुविधाबाट वञ्चित भएका र न्यून बैंकिङ सुविधा प्राप्त हुने क्षेत्रका सबै सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ ।
कम्पनीले हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया