बैंक तथा वित्तीय संस्थामा निक्षेप लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गरेर तीन अर्ब ८४ करोड रुपैयाँ निक्षेप राख्न लागेको जनाएको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा तीन अर्ब सात करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५७ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्ततरका वित्त कम्पनीहरूमा १९ करोड २० लाख रुपैयाँ निक्षेप राख्न लागेको हो । निक्षेप लिन चाहने योग्य बैंक तथा वित्तीय संस्थाले आफैँले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा ब्याजदर खुलाई बैंकले तोकेको फारम भरी चैत २३ देखि २६ गते बेलुका सात बजेभित्र राष्ट्र बैंकमा प्रस्ताव पठाउनुपर्नेछ । राष्ट्र बैंकले यो रकम २०८० वैशाख ५ गतेदेखि २०८१ वैशाख १० गतेसम्म तीन सय ७१ दिनका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्ने जनाएको छ ।
उक्त निक्षेप लिन राष्ट्र बैंकले विभिन्न सर्तहरू राखेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने रहेको छ । यस्तै कर्जा–निक्षेप अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको लगायतका सर्तहरू पूरा गरेका बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको मुद्दती निक्षेप लिन योग्य हुनेछन् ।
यस्तै सो निक्षेप लिनका लागि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिबाना गरेको अवस्थामा उनीहरू सो बैंकमा कायम नरहेको र रहेको अवस्थामा छ महिना समय अवधि पूरा भएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको समेत हुनुपर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
- मोबाइल किन्ने दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर
- हाइफ्युचरको फ्लाइबड्स नेपाली बजारमा
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया