सामुदायिक लघुवित्तको प्रस्तावित लाभांशमा संशोधन
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा संशोधन भएको छ । सोअनुसार संस्थाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले हुनआउने एक करोड ९८ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांशमध्येमा १० प्रतिशतका दरले हुनआउने एक करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी पाँच प्रतिशतका दरले हुनआउने ६६ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि भने संस्थाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँमध्येबाट २१ प्रतिशतका दरले हुनआउने दुई करोड ७७ लाख ८९ हजार चार सय ७४ रुपैयाँबराबरको लाभांश वितरण गर्नै प्रस्ताव गर्दे स्वीकृतिको लागि राष्ट्र बैंकका पठाएको थियो । तर नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते जारी गरेको निर्देशनको अधीनमा रहेको संस्थाको यही चैत २५ गते बसेको संस्थाको सञ्चालक समितिको दुई सय १०औँ बैठकले बोनस र नगद समेत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया