काठमाडौं । ‘जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा पर्यावरण प्रवद्र्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भुपेन्द्र पाण्डेले भित्तेपात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
बैंकले क्यालेन्डरमा नेपाली १२ महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्शाउने फोटोहरू राखिएको जनाएको छ । ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, चराचुरुङ्गी, हिमालहरू, लोपोन्मुख हिम चितुवाको तस्बिर प्रयोग गरिएको छ । बैंकले तस्बिरको लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सहकार्य गरेको थियो ।
क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङलगायत सबै क्षेत्रबाट गम्भीरतापूर्वक ध्यान पु¥याउन जरुरी छ ।’ उनले थपे, ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाँच्नयोग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।’
नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समितिलगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सीईओ ढुंगानाले बताए । नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गरी आएको र वातावरणप्रति सदैव जिम्मेवार रहेको उनले बताए । नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशैभर रहेका शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पु¥याउने योजना रहेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया