सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा छुट
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई थप सुविधा दिन भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सनराइज बैंकका सबै ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यको उपचार गराउँदा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
सम्झौतापत्रमा आइतबार सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङ महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट हस्पिटलमा भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चलगायतमा १० प्रतिशतसम्म छुट पाउन सकिनेछ ।
बैंकका अनुसार सम्पूर्ण मेडिकल ‘अपोइन्टमेन्ट’को समन्वय, विमानस्थलमा ल्याउने–पु¥याउनेलगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटलअन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा समेत छुट पाइनेछ । यो योजनाबाट आफ्ना ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । भारतमा उपचारका लागि जाने नेपालीका लागि लक्षित गरेर बैंकले छुट्टै हेल्थ–केयर कार्ड पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया