महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला वितरण गरेको छ । बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरूको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।
२०८० वैशाख १३ गते जुनकिरी पब्लिक विद्यालय साँखु, काठमाडौंमा सम्पन्न कार्यक्रममा शिक्षाको मूल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरूका लागि उक्त सहयोग प्रदान गरेको हो ।
बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामग्रीहरूमध्ये झोलाको सुविधा पु¥याउने हेतुले बैंकले उक्त सहयोग गरेको हो । उक्त कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू र बैंकका संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी तथा बागमती प्रदेश ‘क’का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक रूपान्तरणका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया