नेपाल फाइनान्सको नाफा एक करोड तीन लाख
काठमाडौं । नेपाल फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड तीन लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको नाफा तीन करोड २० लाख ६६ हजार रुपैयाँ थियो ।
७२ करोड ७२ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ६६ करोड ४२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा छ करोड ७० लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सले एक अर्ब ४७ करोड ४२ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी ९८ करोड छ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
फाइनान्सको निष्क्रिय कर्जा गत आर्थिक वर्षको चैतमा भन्दा घटेको छ । गत आर्थिक वर्षको चैतमा १५ दशमलव ७४ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यो आर्थिक वर्षमा १३ दशमलव १६ प्रतिशत कायम भएको छ । फाइनान्सको वितरणयोग्य मुनाफा २२ करोड ४० लाख ६३ हजार रुपैयाँले ऋणात्मक छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया