गुहेश्वरी मर्चेन्ट फाइनान्सको नाफामा संकुचन
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको खुद मुनाफामा गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा संकुचन आएको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ८४ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा चार करोड छ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ९८ करोड छ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४२ करोड ६५ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड दुई लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ३८ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आवको तेस्रो त्रैमासमा फाइनान्सले छ अर्ब ६५ करोड ४३ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६३ करोड २९ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड २१ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव १५ प्रतिशत निष्क्रिय कर्जा थियो । फाइनान्सको वितरणयोग्य मुनाफा दुई करोड ११ लाख ११ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया