वाणिज्य बैंक सल्लेरीको सेवा सुस्त
सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको सेवा सुस्त हुँदा सेवाग्राही हैरान भएका छन् । जिल्ला सदरमुकामबाट सञ्चालन भइरहेको एक मात्र सरकारी बैंकको सेवा प्रवाह सुस्त हुँदा सेवाग्राही घण्टौँ कुरेर सेवा लिन बाध्य छन् ।
सल्लेरीमा झण्डै एक दर्जन बैंकहरु सञ्चालनमा छन् । जसमा निजी बैंकहरुको सेवा राम्रो भए पनि सरकारी बैंकमा ढिलासुस्ती हुनेगरेको सेवाग्राही पेम्बा शेर्पाले गुनासो गरे । जसका कारण अशक्त, अपाङ्गता भएका तथा वृद्धवृद्धाहरु समेत लामो समय लाइनमा उभिन बाध्य भएको सेवाग्राही वीर बहादुर मगरले बताए ।
कर्मचारी विनियमावलीमा वृद्धवृद्धा, अपाङ्गता भएका, सुत्केरी तथा अशक्तहरुलाई सेवाप्रवाहमा पहिलो प्राथमिकता दिइने उल्लेख भए पनि राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा त्यस्तो नभएको सेवाग्राहीको गुनासो छ । सल्लेरीकै निजी बैंकको सेवा छिटो छरितो भए पनि सरकारीस्तरको बैंकका कर्मचारीहरुले हेलचेक््रयाइँ गर्दा सेवाग्राही मर्कामा परेको सर्वसाधरण बताउँछन् । सेवाप्रवाहको सवालमा नियमनकारी निकायले अनुगमन नगर्दा समस्या भएको सेवाग्राही महेश राईको गुनासो छ ।
इन्टरनेटको खराबीलगायतका कारण समय–समयमा सेवा प्रभावित हुनेगरेको बैंकका शाखा प्रबन्धक चित्र बहादुर खड्काले बताए । अन्य बैंकहरुको तुलनामा वाणिज्य बैंकमा सेवाग्राहीको भीड बढी हुनेभएकाले लामो समय कुर्नुपरेको उनको भनाइ छ । अशक्त, वृद्धवृद्धाहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको शाखा प्रबन्धक खड्काले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बैंक बित्त बजार
ट्याग : #Page 8
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया