नेपाल रिपब्लिक मिडियाले आईपीओ जारी गर्ने
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले ४३ करोड ५३ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँमध्येबाट ४४ दशमलव ९९ प्रतिशतले हुनआउने गरी एक सय रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता साधारण सेयर जारी लागेको हो ।
जारी गरिने कुल साधारण सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख ७४ हजार एक सय २० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि छुट्याइएको कम्पनीले जनाएको छ । यस्तै पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार छ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशत अर्थात् चार लाख ३५ हजार तीन सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ । बाँकी रहेको ३५ लाख २५ हजार नौ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम पाँच सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । साधारण सेयर निष्काशन जेठ २६ गतेदेखि छिटोमा जेठ ३० गते र ढिलोमा असार आठ गतेसम्म बन्द हुनेछ । कम्पनीले वैदशिक रोजगारीमा रहेकाहरूका लागि वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म सेयर निष्काशन गर्ने भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया