काठमाडौं । ज्योति विकास बैंकले बिहीबार काठमाडौंको गोकर्णमा एक सय २०औँ शाखा उद्घाटन गरेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । उद्घाटन समारोहमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको पनि उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा मेयर रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकहरुका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाई वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न र उत्पादनशील क्षेत्रमा लगानी गर्दै आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बैंकका सञ्चालक रामकुमार श्रेष्ठले नयाँ शाखा स्थापना भएसँगै बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनमा पनि बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकले उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकहरुको समृद्धिमा सधैँ साथ दिने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया