काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यो अवधिमा इन्स्योरेन्सले खुद बीमाशुल्क गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा सामान्य बढेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्क तीन दशमलव २४ प्रतिशितले बढेको छ । चैत मसान्तसम्म इन्स्योरेन्सले बीमाशुल्कबापत २६ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २५ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चालू आर्थिक वर्षको सोही अवधिमा ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्स नाफामा गएपछि इन्नस्योरेन्सको प्रतिसेयर आम्दानी सात रुपैयाँ २५ पैसा कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष अहिले १९ दशमलव ८३ प्रतिशतले बढेर एक खर्ब ५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाविपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५ दशमलव ४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २० दशमलव शून्य सात प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिव एक अर्ब २८ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेकामा यस आर्थिक वर्षको चैत अन्तिमसम्म ३४ दशमलव १९ प्रतिशतले घटेर ८४ करोड रुपैयाँमा झरेको छ । आठ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँँ एक पैसा, मूल्य आम्दानी अनुपात ९३ दशमलव १९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ९० रुपैयाँ र औसत प्रतिफल दर १० दशमलव ८४ प्रतिशत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया