बेस्ट फाइनान्सको २६औँ वार्षिक साधारणसभा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका थिए ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० का लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । साधारणसभामा सेयरधनीहरूले राखेका प्रश्नको जवाफ सञ्चालक समितिका अध्यक्ष पौडेलले दिएका थिए । संस्थाको भावी योजनाकासम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले जानकारी गराएका थिए । फाइनान्सले देशभर १८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा सञ्चालन गरिरहेको तथा आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना बनाएको बैंकले जनाएको छ । फाइनान्सले डिजिटल बेकिङ, सी–आस्वा सेवा, अनलाइनमार्फत खाता खोल्ने सुविधालगायतका सेवा पनि दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया