काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा भएको छ । बैंकले आइतबार काठमाडौं–६ बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटलमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चार दशमलव ४१ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले २०७९/८० को लागि लेखापरीक्षकमा बीआर एस न्यौपाने एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले वार्षिक प्रतिवेदनसहित भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदैे बैंकका कामु प्रमुख कार्यकारी अधिकृत विनय दाहालले चालूको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरिएको बताए । तर अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न असहज भएकाले चालूमा व्यवसाय वृद्धिको साथै खराब कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्ययोजनासहित अगाडि बढ्ने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया