गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उपाध्यायलाई कार्यकारीमा नियुक्त गरेको हो ।
सिराहा स्थायी घर भएका उपाध्यायसँग नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उपाध्यायले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही चार वर्ष काम गरेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्यायको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तलाई नयाँ उचाइमा लैजान सहयोग गर्ने विश्वास कम्पनीले गरेको छ ।
धनकुटा नगरपालिका वडा नं. ७ मा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगरमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरूमा ३३ वटा शाखा कार्यालयमार्फत् २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया