नेपाल बैंकको नयाँ शाखा वीरेन्द्रनगरमा
काठमाडौं । नेपाल बैंकको नयाँ शाखा सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा पर्ने यरिचोकमा बैंकको नयाँ शाखा खुलेको हो । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा तथा नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्तरूपमा रिवन काटेर नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री शर्माले बैंकहरूले शहरमा मात्र केन्द्रित नभई गाउँगाउँमा गएर सेवा दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले यो शाखाले नाफामुखीमात्रै नभएर ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रूपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया