सनराइज बैंकद्वारा प्रहरी बिट हस्तान्तरण
काठमाडौं,सनराइज बैंकले सुदूरपश्चिमको भीमदत्त पन्त राजमार्गअन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । बैंकका अनुसार बुधबार र शुक्रबार छुट्टाछट्टै कार्यक्रम गरी बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन् ।
सर्वसाधारण र चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी एक–एक थान प्रहरी बिट निर्माण गरिएको बैंकले जनाएको छ ।
सो अवसरमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मसिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडाध्यक्ष खगेन्द्र खडायतको उपस्थिति थियो । त्यस्तै, डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष टंकबहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टकोे उपस्थितिमा प्रहरी बिट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया