भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने
काठमाडौं,भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । आरबीआईले शुक्रबार जारी गरेको विज्ञप्तिमा दुई हजार दरका नोटहरु वैध रहने र आगामी सेप्टेम्बर ३०सम्म बैंकमा जम्मा गर्न सकिने वा साटन सकिने उल्लेख छ ।
कुनै पनि बैंक शाखामा एक पटकमा २० हजारसम्म जम्मा गर्न सकिन्छ । आरबीआईले बैंकहरुलाई अबदेखि दुई हजारका नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।सन् २०१६मा पाँच सय र एक हजार दरका नोट बन्द भएपछि दुई हजारका नोट जारी गरेको थियो । तर सन २०१८÷१९ देखि दुई हजारका नोट छाप्न रोकिएको थियो ।
भारतमा अहिले सर्कुलेसनमा रहेका दुई हजार रुपैयाँको नोटको मूल्य ३६ खर्ब ६२ अर्ब हाराहारी रहेको बताइएको छ । कोभिडकाल देखि भारतमा पनि डिजिटल कारोबार बढेकाले खासै असर नपर्ने आरबीआईका अधिकारीहरुले बताएका छन् । तर ठूला नोट नहुँदा साना व्यवसाय, कृषि र निर्माणलगायत नगदको प्रयोग धेरै हुने क्षेत्रहरुलाई असहज हुने निश्चित छ ।
दुई हजारका नोटबन्दी हुँदा सुनलगायतका वस्तुहरु किन्ने होडबाजी बढ्नसक्ने जोखिम रहेको जानकारहरुले टिप्पणी गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार, विश्व बजार
ताजा अपडेट
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया