लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने
काठमाडौं,लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही जेठ १६ गतेबाट १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकका अनुसार एक हजार अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
यसरी बिक्री गरिने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको चार लाख कित्ता भने सर्वसाधारणमा बिक्री गरिने छ । सर्वसाधारणमा बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिनसक्ने बैंकले जानकारी दिएको छ ।
लगानीकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिनसक्ने छन् । बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको बैंकको ऋणपत्रको बिक्री कार्य यही जेठ १६ गतेबाट खुल्ला भई छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया