Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको दुईदिने व्यावसायिक रणनीतिक कार्यशाला

एनएमबी लघुवित्तको दुईदिने व्यावसायिक रणनीतिक कार्यशाला


काठमाडौं,एनएमबी लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरीय दुईदिने बजेट योजना तथा व्यावसायिक रणनीतिक कार्यशाला सम्पन्न गरेको छ । पोखराको लेकसाइडस्थित टिका रिसोर्टमा आयोजना गरिएको कार्यशालामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, केन्द्रीय कार्यालयबाट सबै विभागीय प्रमुखहरू तथा विभागमा आबद्ध कर्मचारीहरू, सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालयअन्तर्गतका क्षेत्रीय स्टेशनमा कार्यरत क्षेत्रीय प्रबन्धकहरू गरी करिब ४५ जना कर्मचारीको सहभागिता रहेको थियो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै दुईदिने कार्यशालाको उद्देश्य र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए । यही जेठ पाँच गतेदेखि ६ गतेसम्म आयोजित उक्त कार्यशालामा सातवटै प्रदेशका प्रादेशिक कार्यालय र सोअन्तगर्तका क्षेत्रीय स्टेशनहरूको लक्ष्य÷प्रगति, भावी योजना, अनुभव आदान प्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८०÷०८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा व्यवस्थापन, शाखा सञ्चालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रबन्धकको भूमिका, शाखा अनुगमन, व्यावसायिक रणनीति÷कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टसम्बन्धी विषय, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, भाका नाघेको कर्जा व्यवस्थापन, जनशक्ति व्यवस्थापन, लघुवित्त सञ्चालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी व्यवस्थापन, आन्तरिक नियन्त्रण र लेखापरीक्षण निरीक्षणका क्रममा देखिएका कैफियतहरू र ग्राहक सदस्यसँग गर्ने व्यावसायिक व्यवहार र सम्बन्धलगायत समसामयिक विषयवस्तुमा विभागीय प्रमुखबाट प्रशिक्षण दिइएको थियो । साथै, संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीबाट नियामक निकायबाट जारी निर्देशन, भावी योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गदै कर्मचारीहरूलाई मार्गनिर्देशन गरेका थिए ।

अन्त्यमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यशालामा सहभागी सबैलाई आवश्यक उत्प्रेरणा र मार्गनिर्देशनसहित कार्यशालाको समापन गरिएको संस्थाले जानकारी दिएको छ । संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ६८ जिल्लामा एक सय ४८ वटा शाखा उपशाखा र सातवटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख २० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया