श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा साढे चार करोड
काठमाडौं, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ४८ लाख ६० हजार चार सय ७९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा सात करोड १० लाख ९४ हजार पाँच सय ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा छ अर्ब ६० करोड ८२ लाख ६० हजार तीन सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २८ करोड तीन लाख ६० हजार चार सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ५५ लाख ३५ हजार पाँच सय ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा दुई करोड छ हजार ११ रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ७३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले छ अर्ब ४१ करोड ७५ लाख ६१ हजार छ सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब आठ करोड ८२ लाख १५ हजार सात सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४१ लाख ६५ हजार तीन सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव शून्य एक प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया