आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारीमा श्रेष्ठ
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीका अनुसार श्रेष्ठको नियुक्तिका लागि कम्पनीको सञ्चालक समितिको यही वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो । सोपश्चात् नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट यही जेठ पाँच गतेको पत्रमार्फत स्वीकृति प्राप्त भए पनि कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रूपमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी श्रेष्ठलाई कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा कम्पनीका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापनबाट श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया