माछापुच्छ्रे बैंकको आग्रह : मोबाइल बैंकिङ प्रयोगमा सचेत हुनुहोस्
काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाको प्रयोग गर्दा सावधानी अपनाउन ग्राहकहरूलाई आग्रह गरेको छ । बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।
‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरेको देखिएको छ,’ बैंकले विज्ञप्तिमा भनेको छ ‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएकाले उक्त कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनाधिकृत पहुँच नपु-याई कारोबार हुन नसक्ने देखिन्छ ।’ यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकेको जानकारी पनि बैंकले जनाएको छ ।
ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्णरूपमा सुरक्षित रहेको जानकारी गराउँदै बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउनसमेत आग्रह गरेको छ । माछापुच्छ्रे बैंक सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेको पनि स्पष्ट पारेको बैंकको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया