कुथेलीबुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदै
काठमाडौं । कुथेलीबुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमार्फत यही जेठ १९ गतेबाट आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीका अनुसार जारी पुँजी १२ करोड १८ लाख ६७ हजार पाँच सय रुपैयाँमध्येबाट १२ प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड २१ लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको एक लाख २१ हजार आठ सय ६८ कित्ता सेयर आयोजना प्रभावित दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाका स्थानीयवासीको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो । यसैगरी हाल कायम रहेको जारी पुँजीको १० प्रतिशतका दरले वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो ।
आयोजना प्रभावितको हकमा यही जेठ १९ गतेबाट सेयर बिक्री खुला भई छिटोमा असार १ गते र ढिलोमा असार १७ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको हकमा भने यही जेठ १९ गतेबाट बिक्री कार्य सुरु भई यही असार १ गते बिक्री कार्य बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया