एनआईसी एसिया बैंकको भी–केवाईसी सेवामा थप सुविधा
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूका लागि ल्याएको भिडियो केवाईसी (भी–केवाईसी) सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ । अनलाइन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँचवटा सेवासमेत यस प्रणालीमा जोडेको हो ।
घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइटमा रहेको एप्लाई नाममा ट्याब गरी भि–केवाईसीबाट उल्लेखित सेवाहरूमध्ये ग्राहकले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्नेछन् । ग्राहकले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ । परिवर्तित समय अनुरूप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंकका कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात देखाएर सेवा लिन सकिन्छ ।
यो सेवाको सुरुवातसँगै ग्राहकहरूको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्क्रिय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भि–केवाईसी सेवा लाभदायी हुनेछ । हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकहरूले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म जानुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकमध्येको एक भएको र यसले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय नौ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित सेवा सञ्जाल विस्तार गरेको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीमध्येको हो ।
बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा ७२ शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया