गणपति लघुवित्तको खुद मुनाफा एक करोड ४९ लाख
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ४९ लाख २२ हजार आठ सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड सात लाख ६८ हजार आठ सय १३ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ५४ करोड ४६ लाख ३४ हजार दुई सय ७७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४२ करोड १६ लाख ८६ हजार छ सय २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ६५ लाख २९ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा तीन दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ८८ लाख ३७ हजार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ६९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड ३१ लाख २० हजार आठ सय ५३ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ९८ लाख ८९ हजार चार सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ४१ लाख ३९ हजार पाँच सय २२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया