कालिका लघुवित्तको खुद मुनाफामा गिरावट
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ५६ लाख २३ हजार छ सय ६७ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ करोड १८ लाख ६३ हजार आठ सय ६१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार सात सय ३९ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४० करोड आठ लाख ८७ हजार चार सय ५३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६७ करोड ७८ लाख ९७ हजार दुई सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७६ लाख ९७ हजार दुई सय ७१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड ७७ लाख ८६ हजार चार सय ६० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ११ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४६ करोड ८७ लाख १९ हजार नौ सय ६९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड तीन लाख ८६ हजार पाँच सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड ९५ लाख ४६ हजार ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव ६५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया