भुक्तानी सेवा प्रदायक कम्पनी ‘फोन पे’ले आईपीओ जारी गर्ने
काठमाडौं । भुक्तानी प्रदायक सेवा कम्पनी ‘फोन पे’ले साधारण सेयर अर्थात् आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले एनएमबी क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । क्यापिटलले फोन पेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।
यो सम्झौतासँगै एनएमबी क्यापिटलले फोन पेलाई आईपीओ जारी गर्न चाहिने पूर्वतयारी गर्न सघाउने कम्पनीको भर्ना छ । पूर्वतयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिई फोन पेले सर्वसाधारणका लागि आईपीओे जारी गर्नेछ । फोन पे आईपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी बन्ने छ ।
सम्झौतामा हस्ताक्षर गर्दै फोन पेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आईपीओ निष्कासन गर्न सहज हुने जानकारी दिए । ‘कम्पनीले साधारण सेयर जारी गर्नेभन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरूलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यसलाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं,’ फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘फोन पे सर्वसाधारण जनताको सेवामा समर्पित छ । यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाई थप बल पुग्नेछ ।’ फोन पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र डिजिटल भुक्तानी नेटवर्क भएको र सन् २०१९ देखि सञ्चालनमा रहेको फोन पेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको जानकारी दिएको छ ।
फोन पे नेटवर्कमा हाल ५८ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्य रहेका छन् । एक करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्ट बैंकरहरू आबद्ध रहेका छन् । फोन पेले दैनिक सात अर्बभन्दा बढीको नगदरहित कारोबारलाई सहजीकरण गरिरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया