महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९ औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले शुक्रबारदेखि औपचारिक रूपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । क्रेडिट कार्ड प्रयोगकर्ताले प्वाइन्ट अफ सेल (पस मेसिन), अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न, पसमार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरू खरिद गर्न सक्नेछन् ।
कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजारदेखि ५ लाखसम्म पाउने तथा नेपाल–भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया