Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपेस्तोल देखाएर एनएमबी बैंकमा लुटपाट

पेस्तोल देखाएर एनएमबी बैंकमा लुटपाट


काठमाडौं । एनएमबी बैंकको महोत्तरी शाखाबाट रकम लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीका अनुसार मंगलबार अपराह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नं. २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो ।

चार जनाको समूहमा आएका लुटेराहरुले पेस्तोल देखाएर रकम लुटेको डीएसपी गिरीले जानकारी दिएका छन् । लटुपाटपछि बाहिरिएको सीसीटीभी फुटेजअनुसार चार जनाको समूहमा आएका लुटेराहरू मास्क लगाएर बैंकभित्र पसेका थिए । सोपश्चात् उनीहरूले पेस्तोल देखाएर बैंकमा आएका ग्राहक र कर्मचारी समेतलाई नियन्त्रणमा लिए रकम लुटपाट गरेका थिए ।

कति परिमाणमा रकम लुटपाट भएको हो भन्ने एकिन जानकारी हालसम्म प्राप्त नभए पनि बैंकले करिब ३५ लाख रुपैयाँ लुटपाट भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य जारी राखेको बताएको छ ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया