नबिल बैंकको ३८ वटा नयाँ शाखा
काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । ’नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनका लागि उद्घाटन गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठवटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठवटा शाखाहरू उद्घाटन गरिएको हो । त्यसैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठवटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रवीन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेका हुन् ।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालय संख्या दुई सय ५५ वटा पुगेको छ । उद्घाटन गरिएका शाखा कार्यालयहरूमार्फत सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया