Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेटलाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

मेटलाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग


काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्तरूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरूमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् । दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु-याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरू हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् ।

यस सम्झौताअन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन् । सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्नको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिनेछ । मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मकरूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रिनिङ, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ । मेटलाइफ नेपालले यस सहायताले थारु समुदायलाई सिकलसेल एनिमियाका बिरामीहरूले सामना गर्ने चुनौतीहरूसँग लड्न थप तयार हुने विश्वास पनि लिएको छ । समयमै सचेतना, रोग जाँच, र उपचारको पहुँचले समुदायको भविष्यका जोखिमहरूलाई न्यूनीकरण गर्न र उनीहरूलाई स्थिरता र आशाका साथ विश्वस्त भविष्य बाँच्न प्रोत्साहित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया