नयाँ सारथी लघुवित्तको तेस्रो त्रैमासिक नाफा एक करोड ९३ लाख
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ९३ लाख १४ हजार पाँच सय ८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५० लाख ५१ हजार चार सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी ३० करोड ३३ लाख ९५ हजार दुई सय ६० रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ९६ करोड ३७ लाख ६५ हजार पाँच सय पाँच रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३४ करोड ४३ लाख ७७ हजार पाँच सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ७२ लाख ४२ हजार चार सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९८ करोड ३६ लाख ६९ हजार ६३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २३ करोड ४७ लाख २७ हजार तीन सय ३५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड २१ लाख ९९ हजार छ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७६ प्र्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया