बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा
सातामा आठ अर्ब ९५ करोड ११ लाख छ हजार रुपैयाँको सेयर खरिद–बिक्री
काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा कायम रहेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५५ दशमलव ६२ विन्दुमा सीमित हुन पुगेको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय ७५ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५५ हजार एक सय १० पटकको कारोबारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ७३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ३३ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ रुपैयाँ ५८ पैसा पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने पाँचौँ दिन उकालो लागेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक १७ दशमलव ३८ अंकले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि एक दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ विन्दुमा झरेकोे थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ५३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७२ अंकले ओरालो लागेर तीन सय ६० दशमलव ७१ विन्दुमा झरेको थियो ।
चौंथो कारोबार दिन पनि बजार परिसूचक पुनः ३८ दशमलव ८३ अंकले ओरालो लागेर एक हजार आठ सय ४९ दशमलव ७९ विन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ४३ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ५४ अंकले उकालो लागेर एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ६२ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी आदि अगाडि परेका छन् । यसै गरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया